जन आकाश
काठमाडौं । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाढीले दुईवटा पक्की र चारवटा कच्ची घर बगाएको हो। कार्यालयका डीएसपी निशान्त श्रीवास्तवले तिनाउ नदीमा आएको बाढीका कारण टप मझुवा क्षेत्रमा ६ वटा घरमा क्षति पुगेको जानकारी दिए।
लगातारको वर्षाका कारण तिनाउ नदी तथा आसपासका खोलामा पानीको सतह बढेपछि बुटवलका तटीय क्षेत्रमा बाढीको जोखिम बढेको थियो।
बाढीको जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend