logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

पहिरोका कारण लामो दूरीका बस नयाँ बसपार्कमै थन्किए, यात्रु अलपत्र


  • जन आकाश
  • आइतबार, असोज ११ २०८३

काठमाडौं । निरन्तरको वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा देशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो दूरीका बसहरू गोंगबुस्थित नयाँ बसपार्कमै थन्किएका छन्।



बिहीबारदेखि नै लामो दूरीका सवारीसाधन नयाँ बसपार्कमा रोकिएका हुन्। वर्षाका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्गलगायत प्रमुख सडकका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सञ्चालन प्रभावित भएको छ।

सडक सञ्जाल अवरुद्ध भएपछि गन्तव्यतर्फ जान नपाएका बसहरू नयाँ बसपार्कको प्राङ्गणमा लामबद्ध गरेर राखिएका छन्। चाडपर्वका बेला घर फर्किन हिँडेका यात्रुहरू सडक अवरुद्ध हुँदा समस्यामा परेका छन्।

सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ। सडक सञ्चालनमा नआएसम्म लामो दूरीका सवारीसाधनको आवागमन प्रभावित हुने देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend