जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसको नाममा छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ।
पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको १५औँ महाधिवेशन तयारी समितिले उक्त वेबसाइट सञ्चालनमा ल्याएको हो। शनिबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा समितिका नेताहरूले वेबसाइटमार्फत सदस्यता आवेदन दिन सकिने जानकारी दिएका छन्।
देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ। सोही तयारीअन्तर्गत महाधिवेशनसम्बन्धी गतिविधि तथा सदस्यता प्रक्रियालाई व्यवस्थित गर्न वेबसाइट सञ्चालनमा ल्याइएको जनाइएको छ।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्ने जनाएको छ। समितिले ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्य कायम गरिएको जानकारीसमेत दिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend