जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं। २ बाट समावेशी समूहअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खगेन्द्र दुलालले उम्मेदवारी दिएका छन्। दुलालले घनश्याम भण्डारीको नेतृत्वमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।
विद्यालय तहदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा चासो राख्दै आएका दुलाल २०७० सालदेखि नेपाली कांग्रेसमा निरन्तर सक्रिय रहँदै आएको बताइएको छ। पार्टीका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका उनी पछिल्लो समय नेपाली कांग्रेसका सभापति गगन थापासँग नजिक रहेर राजनीतिक तथा सामाजिक गतिविधिमा काम गर्दै आएका व्यक्तिका रूपमा परिचित छन्।
शैक्षिक रूपमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरेका दुलाल राजनीति बाहेक सामाजिक तथा सिर्जनात्मक क्षेत्रमा समेत सक्रिय छन्। उनले विगत करिब एक दशकदेखि गीत–संगीतमा पनि निरन्तर काम गर्दै आएका छन्। हालसम्म उनले दुई दर्जनभन्दा बढी गीतमा स्वर, शब्द तथा संगीत दिएका छन्।
राजनीतिमा निरन्तरता, युवाको सहभागिता, सामाजिक सरोकार र सिर्जनात्मक क्षेत्रलाई समेत आफ्नो पहिचान बनाउँदै आएका दुलालले १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend