logo आइतबार, असोज ११ २०८३ | Sunday 27th September 2026
logo

आइतबार, असोज ११ २०८३ | Sunday 27th September 2026

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु


  • जन आकाश
  • आइतबार, असोज ११ २०८३

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।



जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बिहान करिब ४–५ बजेतिर घरमाथिबाट अचानक खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक तथा उनका छोराहरू १२ वर्षीय मनोज, ९ वर्षीय मुकेश र ५ वर्षीय निसन विकको मृत्यु भएको हो।

पहिरोले सोही क्षेत्रमा रहेको बाख्राको खोरसमेत पुरेको छ। निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार खोरमा रहेका २५ बाख्रामध्ये ८ वटा पहिरोले बगाएको छ।

यस्तै, सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोरसमेत पहिरोले पुरेको जनाइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend