logo आइतबार, असोज ११ २०८३ | Sunday 27th September 2026
logo

आइतबार, असोज ११ २०८३ | Sunday 27th September 2026

गगन थापा :‘अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो’


  • जन आकाश
  • आइतबार, असोज ११ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशभर भइरहेको लगातारको वर्षाका कारण जनजीवन प्रभावित भइरहेकाले अहिलेको अवस्थामा सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्।



थापाले मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै केन्द्रीय निर्वाचन समितिबाट पत्राचार गरिएको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझेर अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा जुट्न आग्रह गरेका छन्।

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक अवरुद्ध हुने समस्या देखिएपछि कांग्रेसका अधिवेशनअन्तर्गतका निर्वाचन कार्यक्रमसमेत प्रभावित भएका छन्।

कांग्रेसले शनिबारदेखि प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम सञ्चालन गरिरहेको छ। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend