logo आइतबार, असोज ११ २०८३ | Sunday 27th September 2026
logo

आइतबार, असोज ११ २०८३ | Sunday 27th September 2026

रामेछाप सांस्कृतिक कलाकार समाजको प्रथम भेला तथा बिदाइ कार्यक्रम सम्पन्न


  • जन आकाश
  • आइतबार, असोज ११ २०८३

काठमाडौं ।  रामेछाप सांस्कृतिक कलाकार समाज, उपत्यका समन्वय समितिको प्रथम भेला तथा पूर्व उपत्यका समन्वय समितिका अध्यक्ष नवीन गौतमको बिदाइ कार्यक्रम सम्पन्न भएको छ।



नवनिर्वाचित उपत्यका समन्वय समितिका अध्यक्ष विनोद कार्कीको सभापतित्व तथा रामेछाप सांस्कृतिक समाजका अध्यक्ष उत्तम पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा काठमाडौंमा रहेर कलाकारिता क्षेत्रमा सक्रिय रामेछापका कलाकारहरूको सहभागिता रहेको थियो। सहभागीहरूले रामेछापको कला, संस्कृति तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि गर्न सकिने विभिन्न गतिविधिबारे छलफल गरेका थिए।

कार्यक्रममा निवर्तमान उपत्यका समन्वय समितिका अध्यक्ष नवीन गौतमले आफ्नो दुईवर्षे कार्यकालका अनुभवहरू सुनाउँदै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए। उनले वर्तमान अध्यक्ष तथा समितिलाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

समितिका वर्तमान उपाध्यक्ष शिव सागर खड्का, सचिव रामचन्द्र खड्का, सहसचिव राम खड्का, कोषाध्यक्ष नवीन घिमिरे, सदस्य एमुना कार्कीलगायत रामेछापका विभिन्न कलाकारहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।

भेलाले काठमाडौंमा रहेका रामेछापका कलाकारहरूबीच आपसी एकता, सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै जिल्लाको कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend