logo आइतबार, असोज ११ २०८३ | Sunday 27th September 2026
logo

आइतबार, असोज ११ २०८३ | Sunday 27th September 2026

बाढीपहिरो र निरन्तर वर्षाले सेवा प्रभावित, ग्राहकलाई धैर्य गर्न नेपाल टेलिकमको आग्रह


  • जन आकाश
  • आइतबार, असोज ११ २०८३

काठमाडौं । २०८३ असोज ८ गतेदेखि निरन्तर भइरहेको हावाहुरीसहितको वर्षा तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण कम्पनीले उपलब्ध गराउँदै आएको सेवा कतिपय स्थानमा प्रभावित भएको जनाएको छ।



भारी वर्षा तथा पहिरोका कारण यात्रा कठिन हुनु, अप्टिकल फाइबरमा क्षति पुग्नु, विद्युत् आपूर्तिमा अवरोध आउनु तथा हिमपात, वर्षा र बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा सेवा निरन्तरतामा कठिनाइ भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मतसम्भार तथा सम्भव भएका स्थानमा सेवाको मर्मतकार्य निरन्तर भइरहेको छ। मौसममा सुधार आएलगत्तै सम्बन्धित कार्यस्थलमा परिचालन गर्न प्राविधिक टोलीहरू तयारी अवस्थामा राखिएको पनि कम्पनीले जनाएको छ।

सेवा प्रभावित हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै बाढी, पहिरो र निरन्तर वर्षाका कारण सिर्जित कठिन परिस्थितिमा ग्राहकले देखाएको धैर्यताप्रति आभार व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend