logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

प्रीन्ट मिडियाको अस्तित्वको रक्षा गरौं 


  • जन आकाश
  • सोमबार, असोज १२ २०८३

विश्व बजारमा डिजिटलको माध्यमवाट सञ्चार तथा अन्य व्ययवसायसम्म डिजिटल हुदै गईरहेका छन् । त्यसको प्रभाव नेपालमा नआउने कुरै भएन । नेपालमा पनि डिजिटलको बजार विस्तार हुदै आएको छ । तर विश्वसनीयतामा त्यति प्रभावकारी हुन सकेको छैन । नकरात्मक भ्रम सृर्जना गर्न र अफवाह फैलाउन भने काम लाग्ने गरेको छ । यो सामाजिक सञ्जालको कोणवाट मात्रै भनिएको हो । जस्तै एकजना दिलभूषण पाठक पत्रकारले रमाइलो मानेर टिकटकमा पूर्व प्रधानमन्त्री देउवाको छोरा जयवीरको लगानी भएको हिल्टन होटल भनेर गलत डिस इन्फरमेशन अर्थात झुट सूचना फैलाएका कारण राजनीतिक पार्टीप्रति वितृष्णा फैलाएर आगलागी गराउने घटनामा हिल्टन होटल, भाटभाटेनी जस्ता नीजि लगानीका सम्पतिहरु जेन्जीले आगो लागए । जेन्जीहरुलाई यस्ता डिजिटल माध्यमहरुमा धनी भनेको गलत गरेर कमाउछन् भन्ने डिस इन्फरमेशन यस्तै डिजिटल माध्यमहरुवाट सिकाएको थियो । यसरी डिजिटल दुरुपयोग हुनसक्छ । त्यही भाटभाटनी कम्पनीले उनको बुबा आमाको नामवाट बनाईदिएको त्रिभूवन सिक्षण अस्पताल (टिचिङ) अस्पताल बनाएर उदारहरणीय काम गरेको, नेपाली युवाहरुलाई नेपालमा नै धेरै रोजगार दिएको र अर्का जगदम्बा गु्रपका शंकर अग्रवालले जगदम्बा गु्रप अन्र्तगत व्यवसाय गरेर नेपालको सवैभन्दा ठूलो स्टिल कारखाना स्थापना गरेर धेरैलाई नेपालीलाई रोजगार दिएको विषय डिजिटल माध्यमले साकरात्मक समाचार बनाएर राईट इन्फमेशन दिन सकेन । त्यसको असर नेपाली युवाहरुमा परयो र जलाए । उनिहरुकै प्रतिष्ठा र सम्पति जलाए ।



त्यति मात्र काहा होर डिजिटलको डिस इन्फमेशनका कारण नकरात्मक प्रवाह बढी भएर देशका ठूला ठूला सम्पति नष्ट हुने देखि व्याक्ति विशेषका आत्म सम्मान र प्रतिष्ठामा समेत ठेस पुग्नेगरी डिजिटल माध्यम प्रयोग भईरहेका छन् । यस्तो वेला सहि सत्य र विश्वसनीयताको लागि छापा माध्यम अर्थात पत्रपत्रिकाको महत्व बढीरहेको छ भन्ने देखाउछ ।

यो भन्दा आगडी पनि डिजिटल नआउदै छापा माध्यमले समाजलाई सुसुचित गर्न सहि, सत्य समाचार प्रकाशन गरेर आम नागरिकलाई सेवा दिदै आईरहेकै हुन् । अहिले पनि सत्य, तथ्यमा आधारित भएर समाचार प्रकाशन गर्दै आईरहेका छन् । यसरी समाजमा सत्य, तथ्य, विश्वसनीय समाचार प्रकाशन गर्दै आईरहेका पत्रपत्रिकाले समाजलाई जोड्ने, राष्ट्रमा हुने विकृति विसंतिको भण्डाफोर गरेर असल साशन, सभ्य समाजको परिकल्पना गर्ने यिनै छापामाध्यमहरु हुन् । राष्ट्रलाई यिनै छापामाध्यमले योगदान दिदै आएका छन् ।

यस्ता महत्वपूर्ण भुमिका निर्वाह गर्ने छापामाध्यम विशेष गरेर पत्रपत्रिकाहरुको संक्षण, सुरक्षा गर्नु निजी क्षेत्र र सरकार दुवैको दाइत्व हो ।
सरकारमा रहेका वा निजी क्षेत्रका महात्वपूर्ण ठाउँमा पुगेका अध्ययनशील जो विगतमा छापामाध्यमवाट छापिएका ज्ञान, विज्ञान, सामाजिक, राजनीतिक वा सही समाचार छनौट गरेर यिनै पत्रपत्रिका पढेर समाचार, लेख पढेपछि तिनै समाचार, लेखवाट प्रेरित भएर आफ्ना विचार पत्रपत्रिकामा प्रकाशन गरी ख्याति कमाउदै देशको प्रतिष्ठित पदीय जिम्मेवारीमा पुगेका छन् ।

उनिहरुले यो कुरा बृसेका छैनन् । त्यसैले छापा माध्यममा आर्थिक रुपले समस्यामा पर्दै गएको बेला निजी क्षेत्रले छापा माध्यमलाई हात खुकुलो पारेर सरकारले नीतिगत रुपमा नै पत्रपत्रिकालाई संक्षण गर्ने गरी सवै मिलेर यसको रक्षा गर्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend