logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

जीवन लुइँटेलको शब्द, बिनोद बि.सी.को संगीत र स्वरमा दशैं गीत सार्वजनिक


  • जन आकाश
  • सोमबार, असोज १२ २०८३

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै नयाँ दशैं गीत सार्वजनिक भएको छ। जीवन लुइँटेलको शब्द तथा बिनोद बि.सी.को संगीत र स्वरमा तयार भएको उक्त दशैं गीतको भिडियो सार्वजनिक गरिएको हो।



गीतमा जीवन लुइँटेल र बिनोद बि।सी।को सिर्जनात्मक सहकार्य रहेको छ। दशैंको सांस्कृतिक भावना, पारिवारिक आत्मीयता र नेपाली मौलिकतालाई प्रस्तुत गर्ने प्रयास गरिएको गीतको भिडियोमा बिनोद बि.सी., जीवन लुइँटेल र विशाल बि।सी।को अभिनय रहेको छ।

गीतलाई नरेन्द्र बियोगीले एरेन्ज तथा मिक्सिङरमास्टरिङ गरेका छन् भने रामकृष्ण थापाले रेकर्डिस्टको भूमिका निर्वाह गरेका छन्। गीतको रेकर्डिङ वेभ स्टुडियोमा गरिएको हो।

भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन्। प्रशान्त के.सी.को सिनेमाटोग्राफी रहेको भिडियोको सम्पादन लक्ष्मण चौहानले गरेका हुन्।

नेपाली कला, संस्कृति र पर्वसँग जोडिएको यस दशैं गीतले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। जीवन लुइँटेलको शब्द र बिनोद बि।सी।को संगीत तथा स्वरमा रहेको यो दशैं गीत अहिले दर्शक–श्रोताका लागि सार्वजनिक भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend