logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

ललितपुरमा साढे दुई तले घर ढल्यो


  • जन आकाश
  • सोमबार, असोज १२ २०८३

काठमाडौं । ललितपुर महानगरपालिका-२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ ।



सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर आज बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति भने नभएको उनले बताए । सो घरमा थापाको तीन जनाको परिवार बस्दै आएको थियो ।

अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको उनको भनाइ छ ।  घर ढल्दा घर मुनि रहेको खोल्सो पनि थुनिएको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend