जन आकाश
काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ कार्यक्रमलाई देशका विभिन्न प्रमुख शहरमा विस्तार गरेको छ।
बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा सम्पन्न कार्यक्रममा ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिक सहभागी भएका छन्। कम्पनीका अनुसार बिर्तामोडमा १०० भन्दा बढी, इटहरीमा ९० भन्दा बढी, विराटनगरमा ११० भन्दा बढी तथा वीरगञ्ज र चितवनमा २०० भन्दा बढी सहभागी भएका थिए।
अटोमोटिभ बजारसँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई कम्पनीले उत्पादन प्रवद्र्धनमा मात्र सीमित नराखी व्यवसायी तथा प्राविधिकबीच प्रत्यक्ष संवाद र ज्ञान आदानप्रदानको माध्यमका रूपमा अघि बढाएको जनाएको छ।
कार्यक्रममा लुब्रिकेन्टको सही प्रयोग, सवारीसाधनअनुसार उपयुक्त उत्पादनको छनोट, प्राविधिक आवश्यकता, बजारको अवस्था र ग्राहकको व्यवहारलगायत विषयमा छलफल गरिएको थियो।
त्यस्तै, टोटल इनर्जिजका विभिन्न उत्पादन तथा तिनको सही प्रयोगबारे प्राविधिक जानकारी दिइएको थियो। सवारीसाधनको प्रकार, इन्जिन प्रविधि, सञ्चालन अवस्था र निर्माता कम्पनीको सिफारिसअनुसार सही भिस्कोसिटी तथा ग्रेडका लुब्रिकेन्ट छनोट गर्नुपर्नेमा जोड दिइएको कम्पनीले जनाएको छ।

कार्यक्रममा सहभागी रिटेलर तथा मेकानिकले टोटल इनर्जिजका उत्पादन प्रयोगसम्बन्धी आफ्ना व्यावहारिक अनुभव तथा प्रतिक्रिया समेत राखेका थिए।
लक्ष्मी ल्युब आयलले ग्यारेज सञ्चालक, मेकानिक तथा अटोमोटिभ व्यवसायीबीच प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले ‘ग्यारेज चौतारी’ कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।
पाँच शहरमा कार्यक्रम सम्पन्न गरेपछि कम्पनीले आगामी दिनमा नेपालका अन्य प्रमुख शहरमा समेत ‘रिटेलर एन्ड प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ आयोजना गर्ने तयारी गरेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend