logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

रास्वपा सभापति रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक


  • जन आकाश
  • बुधबार, असोज १४ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले असोज १७ गते केन्द्रीय समितिको बैठक बोलाएका छन्।



बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय चमतीस्थित घन्टीघरमा बस्ने जनाइएको छ।

रास्वपा महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकका लागि कार्यसूची तय गर्ने प्रक्रिया भइरहेको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिका साथै पार्टीका आन्तरिक विषयमा समेत छलफल हुने सम्भावना रहेको छ।

बैठकमा पार्टीको आगामी रणनीति, संगठनात्मक गतिविधि तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुन सक्ने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend