logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

चार दिनमा बाढी–पहिरोमा ३५ जनाको मृत्यु, १२ जना अझै बेपत्ता


  • जन आकाश
  • बुधबार, असोज १४ २०८३

काठमाडौं । असोज ८ गतेयता देशका विभिन्न जिल्लामा भएका बाढी, पहिरो तथा अन्य विपद्का घटनामा परी ३५ जनाको मृत्यु भएको छ।



प्रहरीका अनुसार यस अवधिमा विपद्मा परी १२ जनाभन्दा बढी बेपत्ता भएका छन्। मनाङमा हिमपहिरोमा परी १२ जना बेपत्ता भएका छन् भने उनीहरूको खोजी कार्य जटिल बनेको प्रहरीले जनाएको छ।

अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण चार दिनको अवधिमा सबैभन्दा बढी बागलुङमा १२ जनाको मृत्यु भएको छ। त्यस्तै, म्याग्दीमा ७, पाल्पामा ५ र मनाङमा ४ जनाको मृत्यु भएको छ।

यसैगरी धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विपद्का घटनामा परी १५ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मनाङमा हिमपहिरोमा परी बेपत्ता भएका १२ जनाको खोजी तथा उद्धार कार्य भने प्रतिकूल भौगोलिक अवस्था र मौसमका कारण चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend