logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

महाकालीमाथिको दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो, आवतजावत ठप्प


  • जन आकाश
  • बुधबार, असोज १४ २०८३

काठमाडौं । महाकाली नदीमाथि रहेको दोधारा–चाँदनी झोलुङ्गे पुल बुधबार बिहान चुँडिएर नदीमा लत्रिएको छ।



जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुलको पिल्लर भत्किएपछि पुलको संरचना नै भाँचिएको हो।

दोधारा–चाँदनी नगरपालिका–४ स्थित पुलको दोधारा तर्फ करिब ५–६ मिटर भाग बिहान उठेपछि आवतजावतमा समस्या भएको थियो। त्यसलगत्तै पुलको पिल्लरसमेत भत्किएर पुल चुँडिएको प्रहरीले जनाएको छ।

पुल चुँडिएपछि झोलुङ्गे पुलबाट हुने आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।

वर्षौँअघि निर्माण गरिएको उक्त झोलुङ्गे पुलले दोधारा–चाँदनीलाई जिल्ला सदरमुकाम महेन्द्रनगरसँग जोड्दै आएको थियो। पछिल्लो समय महाकाली नदीमाथि पक्की पुल निर्माण भएपछि स्थानीयले झोलुङ्गे पुलको तुलनामा पक्की पुलबाट बढी आवतजावत गर्दै आएका छन्।

पुरानो झोलुङ्गे पुल लामो समयदेखि जीर्ण अवस्थामा रहेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend