logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

महोत्तरीका पूर्वनगरप्रमुख शिवनाथ महतो रास्वपामा प्रवेश


  • जन आकाश
  • बुधबार, असोज १४ २०८३

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाका पूर्वनगरप्रमुख शिवनाथ महतो नेकपा छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।



रास्वपा सभापति रवि लामिछानेले महतोलाई पार्टीमा स्वागत गरेका हुन्। महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट गौशाला नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए।

पूर्वनगरप्रमुख महतोसँगै स्थानीय नेता रामबाबु चौधरी पनि रास्वपामा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा रास्वपा सभापति लामिछानेले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend