logo बिहिबार, असोज १५ २०८३ | Thursday 1st October 2026
logo

बिहिबार, असोज १५ २०८३ | Thursday 1st October 2026

मोहोर’बाट पल शाह र जुरी ठाकुर यमन ग्लोबल म्युजिक अवार्ड्समा सम्मानित


  • जन आकाश
  • बुधबार, असोज १४ २०८३

काठमाडौं । यमन ग्लोबल म्युजिक अवार्ड्समा अभिनेता पल शाह र हेयर डिजाइनर जुरी ठाकुर सम्मानित भएका छन्। चलचित्र ‘मोहोर’बाट पलले सर्वोत्कृष्ट अभिनेता र जुरीले सर्वोत्कृष्ट हेयर डिजाइनरको अवार्ड प्राप्त गरेका हुन्।



एउटै समारोहमा आफूले लामो समयदेखि सहकार्य गर्दै आएका अभिनेता पल शाहसँगै अवार्ड प्राप्त गरेपछि जुरी ठाकुरले खुसी व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत यमन ग्लोबल म्युजिक अवार्ड्सप्रति आभारसमेत व्यक्त गरेकी छन्।

पल शाह र जुरी ठाकुरबीच व्यावसायिक सहकार्यसँगै आत्मीय सम्बन्ध पनि रहेको छ। म्युजिक भिडियोदेखि चलचित्रसम्म पलको लुक्स, हेयर डिजाइन तथा सार्वजनिक उपस्थितिका क्रममा जुरीले सहकार्य गर्दै आएकी छन्।

चलचित्र ‘मोहोर’मा पनि पल शाहको चरित्रअनुसारको हेयर स्टाइल र समग्र लुक्स तयार पार्न जुरीको योगदान रहेको छ। पर्दामा कलाकारको चरित्रलाई विश्वसनीय बनाउन हेयर डिजाइन तथा लुक्सको महत्वपूर्ण भूमिका रहने भएकाले जुरीको कामलाई पनि अवार्डमार्फत सम्मान गरिएको हो।

लामो समयदेखि सहकार्य गर्दै आएका पल शाहसँगै एउटै समारोहमा सम्मानित हुन पाउँदा जुरीका लागि यो उपलब्धि थप विशेष बनेको छ। यमन ग्लोबल म्युजिक अवार्ड्समा मनोरञ्जन क्षेत्रका विभिन्न विधामा योगदान पुर्‍याउने कलाकार तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend