logo बिहिबार, असोज १५ २०८३ | Thursday 1st October 2026
logo

बिहिबार, असोज १५ २०८३ | Thursday 1st October 2026

प्रधानमन्त्री शाहको सांसदलाई आग्रह– ‘राजनीतिभन्दा नयाँ विचार र विकासमा केन्द्रित हुनुस्’


  • जन आकाश
  • बुधबार, असोज १४ २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान र सीपको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्। सिंहदरबारमा इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ विचार र विकासका योजनामा केन्द्रित हुन सुझाव दिए।



उनले पार्टी राजनीतिसँगै सांसदहरूले आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकता दिनुपर्ने बताए। ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिले घटना र व्यक्तिप्रधान विषयभन्दा नयाँ विचारमा केन्द्रित हुने भन्दै उनले त्यसअनुसार काम गरे पाँच वर्षमै मुलुकलाई विकासको बाटोमा अघि बढाउन सकिने धारणा राखे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend