logo बिहिबार, असोज १५ २०८३ | Thursday 1st October 2026
logo

बिहिबार, असोज १५ २०८३ | Thursday 1st October 2026

ओलीको निर्देशन– ‘सानातिना मतभेद छाडेर एकजुट हुँदै निर्वाचनको तयारीमा जुटौँ’


  • जन आकाश
  • बुधबार, असोज १४ २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेद व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।



बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यसँगको भर्चुअल बैठकमा ओलीले संगठनलाई थप सक्रिय बनाउँदै आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए।

उनले आफ्ना साथीका सामान्य आलोचना र असहमतिको सामना गर्न सक्नुपर्ने भन्दै साझा संकल्पका साथ एमाले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको ओलीको दाबी थियो।

ओलीले आगामी निर्वाचनलाई केन्द्रित गर्दै संगठन परिचालन, जनसम्बन्ध विस्तार र सूचना प्रविधिमार्फत पार्टीका काम तथा उपलब्धि जनतासम्म पुर्‍याउन निर्देशन दिए। एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको भन्दै उनले आत्मविश्वासका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गरे।

बैठकमा महासचिव शंकर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय पार्टी निर्देशिकामार्फत तल्लो तहसम्म पठाइने जानकारी दिए। उनले वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई एमालेसँग जोड्ने कार्यक्रम अघि बढाइने तथा लगातार तीन बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानअनुसार पदबाट हटाउने व्यवस्था कार्यान्वयनमा कडाइ गरिने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend