जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको वडा अधिवेशन आजदेखि देशभर सुरु हुँदैछ।
देउवाले देशभरका ६ हजार ७ सय ४३ वडामा सुरु हुने अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। उनले पार्टीभित्रका मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै कांग्रेसलाई थप मजबुत बनाउने बताएका छन्।
देउवा पक्षले असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। केन्द्रीय महाधिवेशन भने मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend