जन आकाश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका नेता तथा पूर्वसांसद घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
क्यान्सरबाट पीडित बस्नेतको बुधबार निधन भएको हो। उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। बस्नेत २०४८ सालमा सङ्खुवासभा–२ र २०५६ सालमा भोजपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend