logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सवारीसाधनलाई सुरक्षित र व्यवस्थित बनाउन रुट परमिटसँगै अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी गरेको छ।



ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको अवस्था, आवश्यक कागजात, रुट परमिट, चालकको क्षमता तथा अग्निनियन्त्रक यन्त्रको नियमित अनुगमन गर्ने जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेका अनुसार विद्युतीय तथा प्राविधिक समस्या वा इन्धन चुहावटका कारण सवारीमा आगलागी हुनसक्ने भएकाले प्रारम्भिक चरणमै नियन्त्रण गर्न अग्निनियन्त्रक यन्त्र आवश्यक छ।

ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीले सुरक्षा मापदण्ड पूरा नगर्ने सार्वजनिक सवारीलाई कारबाहीको दायरामा ल्याइने बताए। उनले यात्रुको सुरक्षा पहिलो प्राथमिकता भएकाले सवारीधनी तथा व्यवसायीलाई नियमित परीक्षण र मर्मतसम्भार गर्न आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend