जन आकाश
काठमाडौं । यस वर्षको दसैं–तिहारका लागि सर्वसाधारणले नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्।
राष्ट्र बैंकले विगतका वर्षमा जस्तो निश्चित मिति तोकेर वितरण नगरी आवश्यकता अनुसार निरन्तर नयाँ नोट सटहीको व्यवस्था गरेको जनाएको छ। सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन्। राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयबाट पनि सटही सुविधा उपलब्ध हुनेछ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको पर्याप्त मौज्दात रहेकाले सटहीका लागि आउनेलाई एक–दुई सेटसम्म नयाँ नोट उपलब्ध गराइनेछ। बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकका लागि राष्ट्र बैंकबाट नयाँ नोटसमेत लिइसकेका छन्।
यसैबीच, बैंक तथा वित्तीय संस्थाको मागअनुसार एटीएमबाट १ सय रुपैयाँ दरका नोट निकाल्न सकिने व्यवस्था पनि गरिएको छ। यसबाट दसैं–तिहारमा साना दरका नोटको माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend