logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

भोटेकोशी बाढी प्रभावितको हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको दाबी गलत : गृहमन्त्री गुरुङ


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको हेलिकप्टर उद्धारमा १५ अर्ब रुपैयाँ खर्च भएको भन्ने दाबी गलत रहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन्।



बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले हालसम्म हेलिकप्टर उद्धारमा करिब १४ करोड रुपैयाँ खर्च भएको विवरण प्राप्त भएको बताए। नेपाली सेनाबाट खर्च विवरण आउन बाँकी रहेकाले कुल खर्च करिब २० करोड रुपैयाँसम्म पुग्न सक्ने उनको भनाइ छ।

उनले उद्धारका लागि अर्बौं रुपैयाँ खर्च भएको भन्ने दाबीमा सत्यता नरहेको भन्दै सरकारसँग बिलसहितको विवरण रहेको बताए।

गृहमन्त्री गुरुङले विपद् प्रतिकार्यमा सरकार अझै सक्रिय रहेको र नुवाकोटलगायत स्थानमा सुत्केरी, गर्भवती महिला तथा बालबालिकालाई एउटै होल्डिङ सेन्टरमा राख्दा देखिएका समस्या र कमजोरीबारे गम्भीर समीक्षा गरिने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend