logo शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026
logo

शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026

बजाज चेतकको ‘फेस्टिभ फाइभ’ योजना सार्वजनिक, १ लाखसम्म क्यासब्याक


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । नेपालका लागि बजाज दुईपांग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दसैंदेखि छठसम्म लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ।



विद्युतीय मोबिलिटीलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको योजनाअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँच विशेष सुविधा पाउने कम्पनीले जनाएको छ।

योजनामा शून्य प्रतिशत ब्याजमा ईएमआई फाइनान्सिङ, १ लाख रुपैयाँसम्म क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्षसम्म ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज रहेका छन्।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्वको अवसरमा ग्राहकलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बताए। उनका अनुसार शून्य प्रतिशत ब्याज, क्यासब्याक र ५ वर्षको वारेन्टीजस्ता सुविधाले ग्राहकलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

‘चेतक फेस्टिभ फाइभ’ योजना छठसम्म देशभरका आधिकारिक बजाज तथा चेतक सोरुमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend