जन आकाश
काठमाडौं । सरकारले संघीय निजामती सेवासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ।
मन्त्रिपरिषद्ले विधेयक संसदमा पेस गर्न स्वीकृति दिएसँगै सरकारले आज प्रतिनिधि सभामा विधेयक दर्ता गरेको हो।
विधेयकमा उपसचिव पदमा खुला प्रतिस्पर्धाबाट ४० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। हाल खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा १० प्रतिशत मात्रै पदपूर्ति हुने व्यवस्था रहेकोमा नयाँ प्रस्तावले खुला प्रतिस्पर्धाको हिस्सा बढाउन खोजेको छ।
त्यस्तै, अधिकृत पदमा नियुक्त भएको ५ वर्ष पूरा भएपछि उपसचिव पदका लागि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend