logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नेपाल कानुन विश्वविद्यालय स्थापना गर्न सांसद खरेलको माग


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले कानुन, संविधान र न्यायशास्त्रको उच्च अध्ययन तथा अनुसन्धानका लागि छुट्टै ‘नेपाल कानुन विश्वविद्यालय’ स्थापना गर्न सरकारसँग माग गरेका छन् ।



प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद खरेलले नेपालमा कानुन बनाउने संसद्, कार्यान्वयन गर्ने सरकार र व्याख्या गर्ने अदालत भए पनि कानुनको उच्च अध्ययन र अनुसन्धानका लागि विशिष्टीकृत विश्वविद्यालय नहुनु दुःखद भएको बताए ।

कानुन र शिक्षा मन्त्री दुवैको उपस्थितिलाई अर्थपूर्ण संयोग भन्दै उनले नेपालको कानुनी शिक्षाको भविष्यबारे निर्णय गर्ने उपयुक्त समय यही भएको बताए ।

खरेलले राजनीतिक हस्तक्षेपबाट मुक्त, उच्च शैक्षिक स्वायत्ततासहितको र प्रधानन्यायाधीशलाई कुलपति बनाउने गरी ‘नेपाल ल युनिभर्सिटी’ स्थापनाका लागि आवश्यक विधेयक आगामी अधिवेशनमा पेस गर्न सरकारसँग आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend