logo शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026
logo

शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026

कांग्रेस महाधिवेशन : दैलेख–२ बाट बसना थापा भारी मतसहित विजयी


  • जन आकाश
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेखमा भएको निर्वाचनमा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेकी बसना थापा भारी मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएकी छन्।



निर्वाचनमा थापाले ८९३ मत प्राप्त गर्दै दैलेख क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्। उनलाई प्राप्त मत दैलेख क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधितर्फ सबैभन्दा बढी रहेको बताइएको छ।

थापाको भारी मतसहितको जितलाई कांग्रेसको जिल्ला अधिवेशनमा महत्वपूर्ण परिणामका रूपमा हेरिएको छ। महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उल्लेख्य मतान्तरसहित विजय हासिल गरेकी हुन्।

निर्वाचित थापाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताको भावना र क्षेत्रका मुद्दालाई पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा उठाउने बताएकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend