logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

देउवा पक्षले गर्‍यो ३ हजार १९१ वडामा अधिवेशन


  • जन आकाश
  • शुक्रबार, असोज १६ २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले वडा अधिवेशन गरेको छ। निर्वाचन समिति संयोजक एगराज पोखरेलका अनुसार आज ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ।



बाँकी वडाहरूमा भोलि र पर्सि अधिवेशन हुनेछन् । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोज ३ र ४ गते गरेको वडा अधिवेशनमा सहभागी नभएका देउवा पक्षले आज अधिवेशन गरेका हुन् ।देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म नेपाली कांग्रेसको १५ औँ समानान्तर महाधिवेशन गर्ने भएको छ। देउवा पक्षले आप्ना कार्यकर्तालाई निरन्तर वडा पालिकामा वडा अधिबेश सम्पन्न गरेर पालिका अधिबेशन गर्ने र त्यसपछि जिल्लामा गर्ने गरि तयारी गर्दै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend