logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित लोकेश प्रसाद आचार्य


  • जन आकाश
  • शुक्रबार, असोज १६ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दैलेख–२ बाट लोकेश प्रसाद आचार्य केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।



लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय आचार्य दैलेखका युवामाझ परिचित युवा नेताका रूपमा रहेका छन्। राजनीतिक गतिविधिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका आचार्यले असहाय, अशक्त, गरिब तथा पछाडि पारिएका समुदायका पक्षमा निरन्तर काम गर्दै आएको आएका छन्।

राजनीति पद प्राप्त गर्ने माध्यम नभई जनताले दिएको विश्वास, जिम्मेवारी र सामाजिक सेवाको अवसर भएको र उनले आफू दलगत स्वार्थभन्दा माथि उठेर नीतिको राजनीति र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार राजनीतिक आस्था र दल फरक भए पनि सामाजिक समस्यामा परेका नागरिकको सहयोगका लागि पार्टी हेर्नु हुँदैन। समाजमा रहेका असहाय, विपन्न, अशक्त तथा अवसरबाट वञ्चित वर्गको पक्षमा सधैँ उभिने युवा नेता हुन ।

युवा पुस्तालाई राजनीतिमा सक्रिय गराउँदै समाजका वास्तविक समस्यालाई राजनीतिको केन्द्रमा ल्याउनुपर्ने धारणा राख्ने आचार्यले राजनीतिलाई व्यक्तिगत लाभ र पदको प्रतिस्पर्धाभन्दा जनसेवा र परिवर्तनको माध्यम बनाउनुपर्नेमा जोड दिएका छन्।

दैलेखको सामाजिक तथा राजनीतिक क्षेत्रमा युवाको सहभागिता बढाउनुपर्ने बताउँदै उनले आगामी दिनमा पनि आफ्नो प्राथमिकता जनतासँग प्रत्यक्ष जोडिएका विषय, सामाजिक सेवा र नीतिगत सुधारमा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन्।

महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएपछि आचार्यले यो जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिभन्दा पनि आफूलाई विश्वास गर्ने नेता–कार्यकर्ता र जनताको जिम्मेवारीका रूपमा लिएको बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend