logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

निर्वाचन आयोगले २७ कर्मचारीको सरुवा तथा पदस्थापन गर्‍यो, को कहाँ पुगे


  • जन आकाश
  • शुक्रबार, असोज १६ २०८३

काठमाडौं । निर्वाचन आयोगले उपसचिव, शाखा अधिकृत, जिल्ला निर्वाचन अधिकारी तथा कम्प्युटर अधिकृतलगायत २७ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। आयोगको आज बसेको बैठकले कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो।



निर्णयअनुसार कोशी प्रदेशको प्रमुख निर्वाचन कार्यालयका उपसचिव युवराज गुरागाईंलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ भने उपसचिव राजन थापालाई आयोगमै पदस्थापन गरिएको छ।त्यस्तै, शाखा अधिकृत सुरेन्द्रकुमार यादवलाई मधेश प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा पदस्थापन गरिएको छ।

यसैगरी, रुकुम पूर्वका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्मालाई निर्वाचन आयोगमा सरुवा गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार उपसचिव, शाखा अधिकृत, जिल्ला निर्वाचन अधिकारी र कम्प्युटर अधिकृतसहित अन्य कर्मचारीको पनि आवश्यकता र जिम्मेवारीअनुसार विभिन्न कार्यालयमा सरुवा तथा पदस्थापन गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend