जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा नेतृत्वको इतर समूहले बिहीबार आयोजना गरेको वडा अधिवेशनबाट उनी डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्।
इतर समूहले गरेको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्रमा उल्लेख छ।
क्षेत्रीय प्रतिनिधिमा चयन भएसँगै देउवाका लागि अब महाधिवेशन प्रतिनिधि बन्ने बाटो खुलेको छ। त्यसका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा चयन हुनुपर्नेछ।
इतर समूहले असोज २४ गते क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा चयन भए देउवा कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन पाउनेछन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend