logo शनिबार, असोज १७ २०८३ | Saturday 3rd October 2026

चाडपर्वमा सीमापारिबाट ५ हजारसम्मको सामान ल्याउँदा भन्सार नलिन माग


  • जन आकाश
  • शुक्रबार, असोज १६ २०८३

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अप्सना बानुले चाडपर्वको समयमा सीमापारिबाट ५ हजार रुपैयाँभन्दा कम मूल्यका सामान ल्याउँदा भन्सार तथा अन्य शुल्क नलाग्ने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै बानुले बढ्दो महँगीका कारण गरिब तथा मध्यमवर्गीय परिवारका लागि चाडपर्वसमेत आर्थिक बोझ बन्दै गएको बताइन्।



उनले भनिन्, ‘चाडपर्व भित्रिरहेको समयमा सीमापारिबाट पाँच हजार रुपैयाँभन्दा कमको सामान ल्याउँदा कुनै पनि प्रकारको कर नलगाइयोस्। यसले मध्यमवर्गलाई राहत दिन्छ।’बानुले पछिल्लो समय महँगी बढेको, गाउँ फर्किने यातायात सहज नभएको र हवाई टिकट सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको बताइन्।

उनले इमानदार रूपमा व्यापार गर्ने व्यवसायी तथा सर्वसाधारण महँगी र आर्थिक समस्याबाट प्रभावित भइरहँदा तस्करी गर्नेहरू भने निरन्तर सक्रिय रहेको दाबी गरिन्। चाडपर्वको समयमा आम नागरिकलाई राहत दिने गरी सरकारले भन्सार, बजार मूल्य, यातायात र आपूर्ति व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा सांसद बानुले जोड दिइन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend