logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गजल


  • जन आकाश
  • शुक्रबार, असोज १६ २०८३

प्रेमिल अनुभुति गजल कृति लेखकरगजलकाररसिभिल ईन्जिनियर खडका ।



धागो चुडाएर चंगा उडाउनेहरुसग मेरोसम्बन्ध बिग्रिएकोहो खयर धागो समाउने त मेरो साथमा रमाएका छन ।
तिमिले यति मात्र सिकायौ मलाई जति तिमिलाई आवश्यक थियो ।

सडककको बिचमा गाडिएको पोलमा ठोक्किएर लडेको हु
पोल सहि ठाउमा हुन्थ्यो भने त सारथि बनाउथे ।

प्रिय तिम्रा नसालु आखामाथि छानबिन हुदैन किनकि मलाई नसा केहि को थिएन ।
मृत शरिर कति चोटि बिउझन्छ भगवानलाई सोध्नुस तर
जिउदो शरिर कयौ चोटि मरेर बाचेको हुन्छ ।

आफ्नै खुट्टा लुलो भएर लडेको थिए
धेरै पछि सम्झना आयो
अनि सम्झिए मेरो खुट्टा मात्र हैन मैले पाईला राख्ने प्रत्येक ठाउ निसास्सिएर दबिएको रहेछ ।

बोल्न फुर्सद छैन भन्ने प्रेमि बेरोजगारी सग घण्टौ सम्म गसिफमा ब्यस्त थिइन ।
तिम्रा ति भावना को यो बजारमा आज मोलमोलाई हुने गर्छ ।

पग्लिन पनि मनमा न्यानोपन आउनु पर्ने रहेछ हिमालमा बस्न पर्छ भनेर हिउ बनेर बसेको छु ।
निरन्तर बगिरहने पानि को गति थोरै मात्र बदलिएको थियो
हजारौ सपना लाखौ भावनाहरुको अनन्त अन्त्य भयो ।

बिर्सिसकेको थिए ति पुराना याद
तर डायरीमा लेखिएका शब्दले फेरी बल्झायो ।
थर बदलियो ,घर बदलियो ,शहर बदलियो ,रहर बदलियो अब बाकि भाग्य मात्र त हो ।

याद पनि केहि नया अनि केहि पुराना अनि केहि याद घाटसम्म पुग्दा रहेछन ।
पर्दा पछाडिका पात्र पर्दा अगाडि आएपछि पो थाहा पाए आफ्नै पर्दा ले पनि झुक्याउने रहेछ ।
पर्खाइ त उनीको थियो अफसोच त्यो उनी भन्ने शब्द आज कागजमा मात्र अभिलेख छ ।

मैले पल्टाएका कितावका पानाहरुले एक दिन मलाई ख्याल राख्नेछन ।

डायरीमा लेख्न खोज्छु अनि फेरि बन्द गर्छु अनि सम्झना आउछ डायरीमा उनका याद समेटेर खुसि मिल्ने भए आज प्रत्येक पागल प्रेमिसग डायरी मात्र साथमा हुन्थ्यो होला ।
माया पाएर गुमाउने सग सोध्न मन छ गुमाउनु मा खुसि थियो भने पाउने प्रयास पनि अपराध थियो होला ।
थर नमिलेकै कारण हाम्रो सम्बन्ध छुटाउने यो समाजलाई सोध्न मन छ
माया जातमा हुन्छ कि साथमा हुन्छ ?

पैसा सगै माया पनि सकिदै गयो र अन्तमा थाहा पाए माया यो जवान सग हैन पैसा सग रहेछ ।
म बाच्नुपर्छ भन्ने सामर्थ्य तब जुटाए जति अढेस लागेपनि उ चुपचाप सहेर बसिदियो ।
हाम्रो यात्रा निरन्तर थियो माया यसरी बसेछ कि तिम्रो साथ बिना आजकल म एकलोपन महशुस गर्ने गरेको छु ।

मलाई मात्र म छु भन्ने मुकुट चाहिएको हो बलेको आगो ताप्ने तपुवाको खाचो कहिल्लै थिएन ।
मेरो प्रतिष्पर्धी कोहि पनि थिएन किनकि म सग प्रतिष्पर्धा गर्ने लाई म आफै जिताउन लागि परेको थिए ।
तिमि सगको प्रेम चियासग थियो किनकि तिमिलाई चियापति जसरी प्रत्येक चुस्किमा पिउन पाईन्थ्यो ।

म तिमिलाइ भेटन कहा कहा सम्म पुगिन तर तिमि अरुसग भेटिरहेको हुन्थ्यो त्यहा सम्म कहिल्लै पुगिन ।
कन्यादान दिएर पठाउने लाई के जवाफ दिन्छौ जसले आज प्रत्येक दिन शिर निहुराएर समाजमा बस्न परेको छ ।

चुपचाप बसेर तिमिलाई स्विकार्नु गल्ति मेरो पनि थियो सोचेको थिए अब आउने भबिष्यमा हाम्रो सपनाको घर हुनेछ ।
मलाइ प्रेम गर्ने पागल प्रेमिलाई मान्छे बनाउन प्रेम लाई नै त्यागेको मान्छे हु ।
हेर त कसरी यो मन लाई सम्झाए होला जसको आज प्रत्येक हिसावबिताव म भएको ठाउसम्म आएको छ ।

भगवान खुसी बनाईदेउ उसलाई जसले देखावटी खुसी का निम्ति एक जवानीलाई लास बनाईदियो ।
एउटै समयमा पनि घडिको सुई फरक कसरी भयो , आज त्यहि सम्झनाले प्रत्यक सेकेन्डमा सिकिस्त बिरामि भएको छु ।
यो मन सग सच्चा प्रेम भएको भएपो निखारिएर आउथ्यो बनावटी प्रेमको जालो त आज अर्कैले बदलिदियो।

म कस्तो प्रेमि सग प्रेम मा परेछु जसको प्रेम शरिरका डाम सग रमाउने रहेछ ।
भगवान मलाई नर्क कस्तो हुन्छ देखाईदेउ म स्वर्गको खोजिमा हिडदा धेरै चोटि नर्कमा पुगेको छु ।
त्यो सफल प्रेमि पनि आज असफल कसरी भयो यार कहिलै सोच्न सकिन प्रेममा सफल हुने पनि कसरी यो संसारबाट बिदाई हुन सक्छन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend