जन आकाश
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिता र उठाइएका विषयबारे संसद्लाई जानकारी गराएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएको बताए।
नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेकाले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको पनि मन्त्री खनालले जानकारी दिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend