logo शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026
logo

शुक्रबार, असोज १६ २०८३ | Friday 2nd October 2026

सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं र हिजोका सरकारबीच फरक के?


  • जन आकाश
  • शुक्रबार, असोज १६ २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारका सही काममा सहयोग गर्ने तर गलत कदमको विरोध गरिरहने बताएका छन्।



शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले भ्रष्टाचारका ठूला प्रकरणको छानबिन, आन्दोलनका क्रममा भएका हिंसा तथा तोडफोडमा संलग्नमाथि कारबाही र सुशासन कायम गर्न सरकारसँग माग गरे। कानुनको प्रयोग प्रतिशोधका लागि नभई न्यायका लागि हुनुपर्ने उनको भनाइ थियो।

उनले युवालाई विदेशिनुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै रोजगारी सिर्जना गर्न तथा ‘एक पटकको नेपाली, सधैँको नेपाली’ अवधारणासहित संविधान संशोधन प्रक्रिया अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend