logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नौ वर्षपछि धनुषाका १८६ परिवारले पाए लालपुर्जा


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।



२०७४ सालमै जग्गाको नापजाँच पूरा भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया बाँकी रहेकाले लामो समयसम्म पुर्जा वितरण हुन सकेको थिएन।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयको प्रक्रिया पूरा गरी नापी कार्यालय धनुषाले लालपुर्जा वितरण गरेको हो।

लालपुर्जा प्राप्त गरेसँगै ती परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend