जन आकाश
काठमाडौं । नेपाल पूर्वाधार सम्मेलन २०२६ को तयारीसम्बन्धी कार्यशालामा कानुनमन्त्री गौतमले चालु आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ का रूपमा अघि बढाइएको बताएकी छन्।
उनका अनुसार सरकारको लक्ष्यअनुसार १६६ वटा विधेयक तयार गरी संसद्मा दर्ता गराउने प्रक्रिया अघि बढिरहेको छ। चालु आर्थिक वर्ष सुरु भएयता करिब ५४ वटा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेका छन् भने ती संसद्मा दर्ता हुने प्रक्रियामा छन्।
मन्त्री गौतमले विकास र लगानीलाई गति दिन सही नीति, सक्षम संस्था र प्रभावकारी संरचना आवश्यक रहेको बताइन्। पूर्वाधार क्षेत्रको विकासलाई थप प्रभावकारी बनाउन सम्बन्धित कानुनमा समेत आवश्यक सुधार गर्नुपर्नेमा उनले जोड दिइन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend