जन आकाश
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको पहलमा चार समस्याग्रस्त सहकारीका २२३ जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर, कान्तिपुर, कृषि विकास र गोर्खा सहकारीका बचतकर्तालाई पहिलो चरणमा रकम फिर्ता गरेको हो।
समितिका अनुसार समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम बचतकर्तालाई फिर्ता गरिएको हो। पहिलो चरणमा थोरै बचत भएका सदस्यलाई प्राथमिकता दिइएको समितिले जनाएको छ। अब बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी अन्य सदस्यको रकम पनि क्रमशः फिर्ता गर्दै जाने समितिको तयारी छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend