जन आकाश
काठमाडौं । बालबालिकामा रहेको गायन तथा नृत्य प्रतिभालाई उजागर, प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको “Kids Genius Star of Nepal – 2026” को भव्य ग्राण्ड फिनाले विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
Genius Digital Music Pvt. Ltd. को आयोजनामा सम्पन्न कार्यक्रम चलचित्र कलाकार संघका पूर्व अध्यक्ष तथा वरिष्ठ कलाकार मोहन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम के.सी. विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वरिष्ठ पत्रकार तथा मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसाल, महाकाव्यकार क्षेमनाथ दाहाल, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी, पत्रकार गीता अधिकारी, गायिका सारिका घिमिरे, गायक तथा संगीतकार योगेश काजी शाह, कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुइटेल, गायक तथा संगीतकार राजेन्द्र बजगाई, गायक तथा संगीतकार चेतन राईलगायत कला, संगीत, पत्रकारिता तथा मनोरञ्जन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
त्यस्तै, नृत्य निर्देशक देवेन्द्र कुँवर (डिडान केन्द्रीय सदस्य), देवराज गुरुङ, सागर लामा, अजय कुमार बिष्ट, सिर्जना राजबाहक, निरु फुयाल र यम गुरुङलगायत कोरियोग्राफर, नृत्य निर्देशक तथा मोडलहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
गायन तथा नृत्य विधाका निर्णायक
प्रतियोगिताको नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक तथा डिडानका पूर्व केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ र कलाकार पुजना प्रधान गुरुङ निर्णायकका रूपमा रहनुभएको थियो। त्यसैगरी, गायन विधातर्फ वरिष्ठ संगीतकार राजु सिंह, गायक तथा संगीतकार भानुभक्त ढकाल र गायिका जुनु रिजाल निर्णायकका रूपमा रहनुभएको थियो।
गायनतर्फ आरोहा पौडेल विजेता
ग्राण्ड फिनालेको गायन विधामा आरोहा पौडेलले प्रथम स्थान हासिल गर्दै Kids Genius Star of Nepal – 2026 Singing Winner बन्न सफल भएकी छन्। आरोशी गिरी द्वितीय तथा पलक दुम्जन तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
त्यस्तै, नृत्य विधातर्फ प्रयुशा अधिकारी प्रथम हुँदै Kids Genius Star of Nepal – 2026 Dancing Winner बन्न सफल भएकी छन्। सुबिहानी तामाङ द्वितीय तथा सायाङ लामा तृतीय भएका छन्।
प्रतियोगितामा सहभागी सम्पूर्ण बालप्रतिभाहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। प्रतियोगितामा विजेता तथा उपविजेतालाई पुरस्कार, ट्रफी तथा सम्मान प्रदान गरिएको थियो।
विभिन्न व्यक्तित्व सम्मानित
कार्यक्रमका अवसरमा कला, पत्रकारिता तथा चलचित्र क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। पत्रकार स्वस्तिका पन्थी, निर्माता हर्षकुमार यादव, वरिष्ठ छायाकार वीरेन्द्रप्रसाद भट्टलगायतलाई सम्मान गरिएको थियो। कार्यक्रममा गायक तथा संगीतकार चेतन राई, गायक तथा संगीतकार रमेश पाठक, गायक रामकृष्ण श्रेष्ठलगायतका कलाकारहरूको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
कार्यक्रमको अध्यक्षता Genius Star of Nepal का अध्यक्ष तथा नृत्य निर्देशक टेक लामा छिरिङले गर्नुभएको थियो। कार्यक्रमको निर्देशन रमेश पाठकले गर्नुभएको थियो भने कार्यक्रम संयोजन तथा कोरियोग्राफी कृष्ण रसलले गर्नुभएको थियो।
कार्यक्रमले बालबालिकामा लुकेर रहेका गायन तथा नृत्य प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई उचित अवसर, प्रशिक्षण र प्रोत्साहन प्रदान गर्ने उद्देश्यलाई थप बलियो बनाएको आयोजकले जनाएको छ। आयोजकका अनुसार Kids Genius Star of Nepal लाई आगामी दिनमा पनि अझ व्यवस्थित, व्यापक र प्रभावकारी रूपमा निरन्तरता दिँदै नेपाली कला, संगीत तथा संस्कृतिको क्षेत्रमा नयाँ पुस्ताका प्रतिभाहरूलाई अगाडि बढाउने अभियानलाई निरन्तरता दिइनेछ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend