logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

‘आयो लाहुरे’ मौलिक दोहोरी गीत सार्वजनिक


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–६, उपल्लो कोरेङमा जन्मिएका सर्जक, गीतकार तथा संगीतकार ढुण्डीराज ढकालले आफ्नो नयाँ मौलिक दोहोरी गीत ‘आयो लाहुरे’ सार्वजनिक गरेका छन्।



विगत दुई दशकदेखि गीत–संगीतको क्षेत्रमा सक्रिय ढकालले लोक, आधुनिक, बालगीत तथा पप विधाका गीत सिर्जना गर्दै आएका छन्। उनले हालसम्म करिब डेढ सय गीत श्रोता तथा दर्शकमाझ प्रस्तुत गरिसकेका छन्। ढकालको पछिल्लो सिर्जना ‘आयो लाहुरे’मा चर्चित गायिका देवी घर्तीले उनलाई गायनमा साथ दिएकी छन्। गीतमा शब्द, संगीत तथा पुरुष स्वर ढकालकै रहेको छ भने कृष्ण केसीले एरेन्ज गरेका छन्।

रोशन धितालको निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोमा प्रसिद्ध सिनेमाटोग्राफर मरुभूमि नारानको छायांकन रहेको छ। भिडियोमा जुना गुरुङ, कृष्ण चापागाईं, प्रतिभा चाम्लिङ राई, चन्द्र गुरुङ, सरिता ढकाल, संस्कृती ढकाल र संस्कार ढकाललगायत कलाकारको अभिनय रहेको छ।

संगीतकार ढकाल विद्यालयहरूमा संगीत प्रशिक्षकका रूपमा समेत कार्यरत छन्। उनको ‘बाल आवाज’ नामक बालगीत संग्रह प्रकाशित भइसकेको छ। साथै, विभिन्न पत्रपत्रिकामा उनका गीत तथा सिर्जनाहरू प्रकाशित हुँदै आएका छन्। गीत–संगीतका विभिन्न विधामा निरन्तर सक्रिय ढकालले ‘आयो लाहुरे’मार्फत मौलिक दोहोरीको क्षेत्रमा नयाँ प्रस्तुति दिएका छन्। उक्त गीत ढुण्डीराज ढकालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend