जन आकाश
काठमाडौं । सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आज तान्जानिया जाँदैछन्। असोज १९ देखि २३ गतेसम्म अरुशामा हुने महासभामा उनले सुशासन, समावेशिता र अवसरसम्बन्धी विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।
महासभामा नेपालले हिमाली तथा जोखिमपूर्ण क्षेत्रमा जलवायुजन्य विपद् सामना र उत्थानशीलता सुदृढ गर्ने विषयलाई आपत्कालीन एजेन्डाका रूपमा अघि बढाउने तयारी गरेको छ। नेपाली प्रतिनिधिमण्डलले विभिन्न संसदीय बैठक तथा द्विपक्षीय छलफलमा समेत सहभागिता जनाउनेछ।
महासभापछि सभामुख अर्याल नेतृत्वको टोली केन्याको औपचारिक भ्रमणमा जानेछ। प्रतिनिधिमण्डल असोज २७ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend