जन आकाश
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा धेरै राजनीतिक दलको आवश्यकता नरहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले जुनसुकै पार्टीको सरकार आए पनि लामो समय टिक्न नसक्ने अवस्था रहेको भन्दै अहिलेको सरकारलाई काम गर्न शुभकामना दिए।
उनले नेपालमा संघीयता, लोकतन्त्र र समावेशिताको आधार जनआन्दोलन तथा लामो राजनीतिक संघर्षबाट स्थापित भएको उल्लेख गरे। देशमा राजनीतिक स्थायित्वसँगै जनताको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए।
भट्टराईले कांग्रेसको इतिहास र राजनीतिक योगदानलाई स्मरण गर्दै आगामी दिनमा मुलुकको विकास, सुशासन र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए। अहिलेको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेमा त्यसले देशको राजनीतिक र आर्थिक अवस्थालाई सकारात्मक दिशातर्फ लैजान सहयोग पुग्ने उनको भनाइ थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend