जन आकाश
काठमाडौं । नागरिक उन्मुक्ति नेपालका संस्थापक तथा संरक्षक रेशम चौधरीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा गीत प्रस्तुत गर्दै राजनीतिक संघर्ष र थारू समुदायका सवाल उठाएका छन्।
चौधरीले रास्वपा सभापति रवि लामिछानेलाई भेट्दा सुनाएको गीत स्मरण गर्दै लोकप्रियता र राजनीतिक अवस्थालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरे। उनले लोकतान्त्रिक आन्दोलनमा थारू समुदायको पनि महत्वपूर्ण सहभागिता रहेको स्मरण गरे।
चौधरीले कांग्रेसले कमैया मुक्ति र संविधान निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानमा उल्लेख अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको गुनासो गरे। थारू समुदायको राज्यका निर्णायक तहमा पर्याप्त प्रतिनिधित्व हुन नसकेको भन्दै उनले प्रधानन्यायाधीश, सेनापति र मुख्यसचिवजस्ता पदमा थारू समुदायको प्रतिनिधित्व कहिले हुने भन्दै प्रश्न गरे।
उनले गणतन्त्रसँगै आफ्नो धर्म, संस्कृति र पहिचानमाथि प्रश्न उठ्न नहुने भन्दै थारू समुदायको पहिचान र संस्कृतिसँग कुनै पनि सम्झौता गर्न नसकिने बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend