जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। खुलामञ्चमा बैठक सुरु भएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
प्रवक्ता चालिसेका अनुसार बन्दसत्रमा पेस हुने विभिन्न प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित भएपछि मात्रै बन्दसत्र सुरु हुनेछ। बैठकले बन्दसत्रका एजेन्डा अनुमोदन गर्नेछ।
बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ।
बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बन्दसत्र सम्पन्न भएपछि नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend