logo सोमबार, असोज १९ २०८३ | Monday 5th October 2026

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान, सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास


  • जन आकाश
  • सोमबार, असोज १९ २०८३

काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सोमबार बेलायत प्रस्थान गरेका छन्।



नेपाली सेनाका अनुसार प्रधान सेनापति सिग्देलको बेलायत भ्रमण २५ गतेसम्म रहनेछ। प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए।

भ्रमणले लामो समयदेखि कायम रहेको नेपाल र बेलायतबीचको आपसी सैनिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने नेपाली सेनाले विश्वास व्यक्त गरेको छ।

प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend