logo सोमबार, असोज १९ २०८३ | Monday 5th October 2026

करेन्ट लागेर बाजुरामा एक जनाको मृत्यु


  • जन आकाश
  • सोमबार, असोज १९ २०८३

काठमाडौं । बाजुरामा विद्युत्को पोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बुढीगंगा नगरपालिका–२ परिवनका करिब ४२ वर्षीय धनबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको हो।



प्रहरीका अनुसार बुधबार घरबाट बाहिरिएका केसी साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए। खोजी गर्ने क्रममा उनलाई सोही वडास्थित परिवन सामुदायिक वनभित्र गाडिएको केन्द्रीय विद्युत् लाइनको पोलमा करेन्ट लागेर घटनास्थलमै मृत अवस्थामा फेला पारिएको हो।

घटनाबारे स्थानीयले बुधबार राति करिब ९ः५० बजे जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएका थिए। त्यसपछि अस्थायी प्रहरी बेस क्याम्प बल्देबाट प्रहरी सहायक हवल्दार रतनबहादुर साउदको कमान्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend