जन आकाश
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यले सुम्पिएको गोपनीयता भंग गरी देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकैलाई पनि उन्मुक्ति नदिइने बताएका छन्।
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई गोप्य सूचना चुहाएको आरोपमा सोमबार साँझ निलम्बन गरिएपछि गृहमन्त्री गुरुङले यस्तो धारणा सार्वजनिक गरेका हुन्। दाहालमाथि छानबिन गर्न मन्त्रालयले समिति समेत गठन गरेको छ।
सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति लामो समयदेखि नियालिरहेको बताएका छन्।
उनले गृह मन्त्रालय तथा मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोपनीयता भंग गरे कानूनअनुसार कारबाही गरिने स्पष्ट पारेका छन्।
गुरुङले राज्यको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि कानूनको कठघरामा ल्याइने बताएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend