जन आकाश
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहक जिम्मेवारी सम्हाल्ने भएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले प्रधानमन्त्री बालेन्द्र शाहले उनीहरूको अनुपस्थितिमा मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन्।
अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिका भ्रमणमा छन्। त्यस्तै, परराष्ट्रमन्त्री खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी पुगेका छन्।
दुवै मन्त्री स्वदेश फर्किएर नियमित जिम्मेवारी सम्हालेसम्म श्रेष्ठले ऊर्जा मन्त्रालयसँगै अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहक जिम्मेवारी सम्हाल्नेछन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend