logo मंगलबार, असोज २० २०८३ | Tuesday 6th October 2026

गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै, पहिलो विदेश भ्रमण


  • जन आकाश
  • मंगलबार, असोज २० २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारतको नयाँ दिल्ली जाने भएका छन्। मन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ।



गुरुङ असोज २७ गते आयोजना हुने बिम्स्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्री सहभागी हुनेछन्।

बैठकमा आतंकवाद तथा अन्तरदेशीय अपराध नियन्त्रण मुख्य विषयका रूपमा रहनेछ। बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठक पहिलोपटक आयोजना हुन लागेको हो।

गृहमन्त्री गुरुङ असोज २८ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। स्वदेश फर्किनुअघि उनले भारतीय गृहमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारीसमेत भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend